पोखरा महानगर क्रिकेट समितिको अध्यक्षमा बीरेन्द्र पुन
पाेखरा | असार १४, २०८०
पोखरा: पोखरा महानगर क्रिकेट समितिको अध्यक्षमा बीरेन्द्र पुन चयन भएका छन् ।
पोखरामा सम्पन्न क्रिकेट प्रेमीहरुको भेलाले पुनको अध्यक्षतामा ७ सदस्यिक कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोविन्द प्रधान सचिवमा कपिल देव गौतम तथा कोषाध्यक्षमा ऋषिकेश सर्मा पौडेल चयन भए । त्यसैगरि सदस्यहरुमा भरत थापा, देवी लामा, र अभिनय श्रेष्ठ चयन भए ।
नवनिर्वाचित अध्यक्ष पुनले कास्कीमा ग्रासरुट क्रिकेट विकासका लागि अभियानको थालनी गर्ने बताए । यसका लागि पोखरा महानगर अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा क्रिकेटका कार्यक्रमहरु सञ्चालन गरिने उनले जनाए ।
पोखरामा रहेका विभिन्न क्लवहरुविच क्रिकेटका प्रतिस्पर्धात्मक कार्यक्रम गरिने, खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण दिइने, महानगरभित्रका वडाहरुविच वडा कप प्रतियोगिता आयोजना लगायतका कार्यक्रमहरु अघि सारिने पुनको भनाई छ । त्यसैगरि अन्तर महानगरिय मेयर कप क्रिकेट प्रतियोगिता समेत आयोजना गर्ने समितिको योजना रहेको अध्यक्ष पुनले बताए । यि सबै कार्यक्रमका लागि कास्की जिल्ला क्रिकेट संघसंग समन्वय गरिने पुनको भनाई छ ।
पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काको विशेष उपस्थितीमा उक्त समिति निर्माण गरिएको हो । सो अवसरमा खड्काले नेपालमा क्रिकेटको लोकप्रियता निकै माथि पुगेको बताए । ‘हाम्रो देशले विश्वकप खेल्न सक्ने खेल क्रिकेटनै हो, यसमा सम्भावनानै सम्भावना छ’–खड्काले भने । नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै समितिका आगामी कार्यक्रमहरु सफल पार्न समितिले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार, सुरुमा द...

